नेभिगेशन
अन्य

विद्या भण्डारी राष्ट्रपतिमा बहुमतले विजयी

काठमाडौं । एमाले उपाध्यक्ष विद्यादेवि भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा बहुमतले विजयी भएकी छन्। बुधबार राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा ५९७ मध्ये ५ सय ४९ मत खसेको थियो। उनले खसेको मतको ३२७ मत पाइन्। संविधानसभा भवनमा बुधबार विहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म मतदान भएकामा ४७ जना सांसद् अनुपस्थित भएका थिए। यस्तै निर्वाचनमा कांग्रेसका उम्मेद्वार कुलबहादुर गुरूङले २१४ मत पाएका छन्। ८ मत बद्दर भएको थियो। पाँच बजे बोलाइएको संसद्को बैठकमा सभामुद ओनसरी घर्तीले भण्डारीलाई राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेकी छन्। भण्डारी एमालेसहितको सत्ता गठबन्धनको साझा उम्मेदवार बनेकी थिइन्।उनको प्रस्तावकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समर्थकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलगायत छन्। एमाओवादीसहित सत्ता गठबन्धनमा सहभागी सबै दलको सहमतिमा उम्मेदवारी तय गरिएको र आन्दोलनमा रहेका मधेसी मोर्चाले मतदान बहिष्कार गर्ने निर्णय गरिसकेकोले भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति बन्ने लगभग निश्‍चित थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्