नेभिगेशन
अन्य

चिनियाँ पेट्रोल आउन कम्तिमा अझै एक हप्ता

काठमाडौं । चीनले अनुदानमा दिने भनेको पेट्रोल ढुवानीका लागि आवश्यक ट्यांकरको चाजोपाजो मिलाउन नसक्दा राजधानी आइपुग्न अझै एक साता लाग्ने भएको छ । चीनले ट्याङकर, चालक र सहचाकलको बिवरण मागिरहेको छ भने ढुवानी व्यवसायीले उनीहरुको सुरक्षा र विमाको माग गरिरहेका छन् । अब सरकारले एका तर्फ चीनलाई ट्याङकर, चालक र सह चालकको विवरण पठाउनुपर्ने छ भने अर्को तर्फ स्वदेशी व्यवसायीलाई ढुवानीका लागि रिझाउनुपर्नेछ । लामो समय चीनसंग वार्ता नै नगरेको सरकारी टोली बेइजिङ पुगेपनि ढुवानीको भरपर्दो व्यवस्था नहुँदा यहाँका सवारी साधन तत्काल चिनियाँ पेट्रोलले गुड्न नपाउने भएका हुन । नेपाल आयल निगमले ढुवानी व्यवसायीसंग ट्यांकरको नम्बर, चालक र सह चालकको विवरण मागिरहेका रहेको छ । उक्त विवरण आएपछि त्यसलाई निगमले चीन पठाउने छ । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्