नेभिगेशन
अन्य

विमानस्थल संचालनमा कठिनाई

काठमाडौं । डिजेल,पेट्रोल अभावका कारण अत्यावश्यक सेवाको सूचीमा पर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा कठिनाई भएको छ । विमानस्थलका महाप्रवन्धक देवआनन्द उपाध्यायले यस्तै अवस्था रहे अन्तर्राष्ट्रिय र आन्तरिक उडान सेवा नै बन्द हुन सक्ने खतरा रहेको बताए । ‘विमानस्थल भनेको विशुद्ध प्राविधिक कार्यालय हो । यहाँको काम हाइली स्टे्रसफुल हुन्छ । एउटै कर्मचारीलाई टेवुल वर्क जस्तो दिनभर खटाउन मिल्दैन । इन्धन अभावका कारण कर्मचारीलाई कार्यालय आउन समस्या हुन थालेको छ,’ उनले भने । देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा सिफ्टमा कम्तीमा सय कर्मचारी काम गर्छन् । यसमा अधिकांश कर्मचारी राडर, कन्ट्रोल टावर, टर्मिनल लगायतका प्राविधिक क्षेत्रमा काम गर्ने प्राविधिकहरु छन् । जहाज उडाउन र अवतरण गराउन उनीहरुको महत्वपुर्ण भूमीका रहन्छ । निजी सवारी साधन भएका प्राविधिकले इन्धन अभावका कारण बेलैमा कार्यालय पुग्न नसकेको तथा सार्वजनिक सवारी प्रयोग गर्नेहरुले घन्टौं कुर्दा पनि साधन नपाइने गुनासो गरिरहेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्