नेभिगेशन
अन्य

राष्ट्रपति निर्वाचन आज, गुरुङ र भण्डारी मैदानमा

काठमाडौ. । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिका लागि बुधबार व्यवस्थापिका संसदमा निर्वाचन हुँदैछ। राष्ट्रपति पदमा प्रमुख विपक्षी नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य कुलबहादुर गुरुङ र सत्तारुढ गठबन्धनबाट नेकपा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी प्रतिस्पर्धामा छन्। गोप्य मतदानका आधारमा बहुमतबाट राष्ट्रपति छानिने व्यवस्था छ । अर्का उम्मेदवार गुरुङलाई मंगलबार साँझसम्म आफ्नै पार्टी कांग्रेसको मात्रै समर्थन छ। व्यवस्थापिका संसदको सबैभन्दा ठूलो दल कांग्रेसले आफ्ना दुई महामन्त्री प्रकाशमान सिंह प्रस्तावक र कृष्णप्रसाद सिटौला समर्थक रहेर गुरुङको उम्मेदवारी दर्ता गराएको हो। कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका ७९ वर्षीय गुरुङ इलामका स्थायी बासिन्दा हुन्। २०६५ जेठ १५ गते मुलुक गणतन्त्रमा प्रवेश गरेको घोषणा संविधानसभाको अध्यक्षता गरेको हैसियतले गुरुङले नै गरेका थिए। पहिलो संविधानसभाको पहिलो बैठकलाई ज्येष्ठ सदस्यताका नाताले गुरुङले त्यतिबेला अध्यक्षता गरेका थिए। आज बिहान ११ बजेदेखि २ बजेसम्म राष्ट्रपति उम्मेदवारका लागि मतदान हुने कार्यतालिका छ। व्यवस्थापिका संसदमा कायम रहेका सांसदमध्ये ३०१ मत ल्याउने उम्मेदवार विजयी हुनेछन्। अन्य प्रमुख पदका लागि व्यवस्था नभए पनि राष्ट्रपतिको चयन भने गोप्य मतदानद्वारा गरिनेछ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्