नेभिगेशन
अन्य

कांग्रेसबाट राष्ट्रपतिमा गुरुङ र उपराष्ट्रपतिमा यादव उम्मेद्वार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपतिमा कुलबहादुर गुरुङ र उपराष्ट्रपतिमा अमिय कुमार यादवलाई उम्मेद्वार बनाउने भएको छ। मंगलबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले गुरुङ र यादवलाई पार्टीको तर्फबाट राष्ट्रपति र उपराष्टको उम्मेद्वार बनाउने निर्णय गरेको हो। गुरुङ नेपाली कांग्रेसका पुर्वमहामन्त्री हुन भने यादव राष्ट्रिय सभाका पूर्व सांसद हुन् । गुरुङ इलामका पुराना कांग्रेस नेता हुने । यादव भने सिराहाका पुराना नेता मानिन्छन् । गुरुङले पहिलो संविधानसभामा जेष्ठ सदस्यका हैसियतमा पहिलो बैठक संचालन गरेर गणतन्त्र कार्यन्वयन भएको घोषणा गरेका थिए । बुधबार संसदमा हुने राष्ट्रपतिको निर्वाचनका लागि मंगलबार उम्मेद्वारी दर्ता गर्ने कार्यक्रम छ। उपराष्ट्रपतिको निर्वाचन कात्तिक १४ गते हुने भएको छ। सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालले पार्टीका तर्फबाट उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेद्वार बनाएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्