नेभिगेशन
अन्य

राष्ट्रपति पदमा सहमति जुट्न सकेन, अब चुनाव ११ गते

काठमाडौं । सहमतीय आधारमा राष्ट्रपति चयन नभएपछि अब बहुमतीय प्रक्रियाबाटै चयन गरिने भएको छ। सहमतिका लागि आइतबार साढे १ बजेसम्मका लागि दिएको समयमा सहमति हुन नसिकेपछि बहुमतिय प्रक्रियाबाटै राष्ट्रपति चयन हुने भएको हो। ‘व्यवस्थापिका(संसदको बैठक सूचना टाँसेर पर्सि मंगलबारसम्मलाई स्थगित गरिएको छ। पर्सि ११ बजेदेखि दुई बजेसम्म उमेद्वार मनोनयन हुनेछ,’ व्यवस्थापिका संसद सचिवालयका साह प्रवक्ता सुदर्शन कुइकेलले भने। राष्ट्रपतिक लागि निर्वाचन भने ११ गते बुधबार हुँदैछ। एमालेबाट सुवासचन्द्र नेम्बाङ र विद्या भण्डारीमध्ये को हुने भन्ने बारे पार्टीले भोलि निर्णय गर्नेछ। ‘हाम्रो तर्फबाट भोलि उमेद्वार छनौट हुने छ,’ पार्टी नेता योगेश भट्टराईले भने । प्रधानमन्त्री निर्वाचनमा कांग्रेसले आफूलाई मत नदिएका कारण कांग्रेसको उमेद्वारलाई नसघाउने भन्ने एमालेको अहिलेसम्मको निर्णय छ। आइतबार बसेको तीन दलीय बैठकपछि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले भने–‘प्रधानमन्त्री चयनमा कांग्रेस सहमतिमा आएको भए स्थिति सहज हुन्थ्यो, त्यो बेला कांग्रेस सहमतिमा आएन, उसलाई अहिले साथ दिने पक्षमा हामी छैनौं ।’ कांग्रेस भने अलमलमै छ । मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको नाम पनि पार्टीभित्र चर्चामा छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्