नेभिगेशन
अन्य

राष्ट्रपतिमा सत्तारुढ गठबन्धन बाहिर मतदान गर्ने एमाओवादीको संकेत

काठमाडौं । सरकारको एक प्रमुख घटक एमाओवादीले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा उपराष्ट्रपति पदमा पार्टीका तर्फबाट उम्मेदवारी दिने भएको छ । तर राष्ट्रपति पदमा भने उमेदवार हेरर कुन उमेदवारलाई सहयोग गर्ने निर्णय गर्ने भएको छ । स्थायी समिति बैठकले उपराष्ट्रपति पदमा उम्मेदवार उठाउने भए पनि व्यक्तिको सन्दर्भमा टुङ्गो लगाइसकेको छैन । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उम्मेदवार कसलाई बनाउने भन्ने टुङ्गो लागिनसकेको र राष्ट्रपतिको उम्मेदवारीको अवस्था हेरेर निर्णय हुने जानकारी दिए । ‘राष्ट्रपति पदमा कुन पार्टीको कुन व्यक्ति, कुन वर्ग र लिङ्गको उम्मेदवारी पर्छ, त्यसपछि पार्टीले उपराष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भनेर निर्णय गर्छ’– उनले भने । पार्टीका नेता नन्दकिशोर पुनलाई उपराष्ट्रपति पदको उम्मेदवारका रुपमा उठाउने चर्चा एमाओवादी भित्र चलेपनि सोको टुङ्गो लागिसकेको छैन । पार्टीले जातीय सन्तुलनका हिसाबले उम्मेदवार उठाउने पनि बताइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्