बाबु अनुराग ! यहाँ हामी सबै सञ्चै छौं आशा छ तिमीलाई पनि सञ्चै छ होला । अहिलेको दशै तिहारमा छिट्टै घर फर्कन्छु भनेका थियौ तर आउन सकिएा भनेर लेखेछौ तिम्रो खबर सुनेर तिम्रो यादमा हरपल हरक्षण आँखा बिच्छ्याँउदै दोबाटो कुरेर बसेकी आमा चिन्तीत देखे । तिमीले पठाएको ईमेल प्रिन्ट गरेर सबैलाई सुनाए । तर तिम्रो अनुपस्थितीमा सब उदास छन् । बल्लबल्ल पाएको छुट्टीपनि क्यान्सिल गरेर बसेछौ । बाबा कहिले आउने ? भन्दै तिम्रो छोरा भुन्टेले सोध्दै थियो । दिपशिखा शर्मा
प्यारो भाई अनुराग
अबिरल सम्झना एवं न्यानो माँया
बाबु अनुराग ! यहाँ हामी सबै सञ्चै छौं आशा छ तिमीलाई पनि सञ्चै छ होला । अहिलेको दशै तिहारमा छिट्टै घर फर्कन्छु भनेका थियौ तर आउन सकिएा भनेर लेखेछौ तिम्रो खबर सुनेर तिम्रो यादमा हरपल हरक्षण आँखा बिच्छ्याँउदै दोबाटो कुरेर बसेकी आमा चिन्तीत देखे । तिमीले पठाएको ईमेल प्रिन्ट गरेर सबैलाई सुनाए । तर तिम्रो अनुपस्थितीमा सब उदास छन् । बल्लबल्ल पाएको छुट्टीपनि क्यान्सिल गरेर बसेछौ । बाबा कहिले आउने ? भन्दै तिम्रो छोरा भुन्टेले सोध्दै थियो । बाले कान्छो आएपछि काट्ने भन्दै दशैको लागी घरमा घोर्ले खसी पालेर राख्नु भएको थियो नआउने खवर सुनेर नरमाईलो मानेर दशैं बिताउनुभयो । छोरी भुन्टी दशैमा नयाँलुगा पाईने भयो भनेर फुरफुर गर्दै उफ्रँदै थिई तिमी नआउने भनेपछि त्यसै निराश भएकी छ ।
बर्षौं बर्षसम्म तिम्रो प्रतिक्षामा कुर्दा कुर्दा थाकेकी तिम्री जिवन सँगिनीको निन्याउरो अनुहार मैले हेर्नै सकिन । डाँडाघरे साईलादाई दुबईबाट सकुशलघर आईपगे । अमेरिकाबाट माझाघरे ठुलाबाका छोरा नवराजपनि सात समन्द्र पार गरेर हजुरबा हजुरआमा भेट्न आईसके । मलेशियाबाट तल्लोघरको रुद्र र ईजराईलबाट माथ्लोघरको हरी पनि दशैंको मुखमा टुप्लुक्कै आईपुगे । दशैंको सँघारमा सबैको घर भरिएको छ । तिम्रो अनुपस्थिती मात्र किन ? हुनत यो सालको दशैं तिहार नेपालीहरुको लागी दशा बनेर भित्रीएको छ । बल्लबल्ल बर्षदिनमा आउने दशैं तिहारमा सबैको मुहार हँसिलो हुनुपर्नेमा सबै निन्याउरा छन् । भुकम्पले थिलो थिलो भएर थलिएका नेपालीहरुलाई यो पालीको दशैं तिहार त्यती राम्रो त छैन बाबु । कोहिले परिवार आफन्तजन गुमाएका छन् भने कोही घरबारबिहिन भएका छन् । देश अस्तब्यस्त अवस्थामा छ । आफन्तको बियोग र शोकले रुँदारुँदा समुन्द्र बनेका आँसुको महासागर पनि सुकि नसकेको अवस्था छ । दुखेका घाउहरुमा खाटाबस्न नपाँउदा नपाँउदै बर्षदिनको चाड दशैं पर्ब शुरुभईसक्यो बाबु !
चाडवाडमा सबैका घरमा दाजुभाई आँउदा हाम्रो घर मात्र रित्तीदा मनमा कस्तो कस्तो नरमाईलो भने हुँदो रहेछ । तिमीलाई थाहा छ दुर्गम गाँउभएकोले यहाँ ईन्टरनेटको सुबिधा छैन । सदरमुकाम पुग्नु पर्दछ । गाँउको कामले फुर्सद नै हुँदैन । आज समय मिलाएर यो सब लेख्ने जमर्को गर्दैछु । आफन्तजन गुमाउनु परेको पिडा त्यहीमाथी भारतीय बिस्तारबादी नितीले लगाएको नाकाबन्दीले पुरा देश नै हाहाकारमा छ । दशैंको मुखमा न ग्याँस,न पेट्रोल,न डिजल न राशनपानी,पैसा हुनेले पनि किनेर खानपाउने अवस्था छैन बाबु । यो अवस्था तिहारमा पनि उस्तै रहन्छ भन्ने हल्ला गाँईगुई सुनिन थालेको छ । नेताहरु सत्ताको लालच र कुर्सिप्राप्तीको मोहमा दिनरात लुछाचुँडी गरिरहेका छन् । सुन्छु दशैं मनाउनको लागी जनताले तिरेको करबाट दशैं खर्च बाँडिएको छ रे .........ब्यक्तिगत स्वार्थपुर्तिको लागी राष्टिय ढुकटी सिध्याँईदै छ रे....... ।
देश हाहाकार अवस्थामा पुग्दापनि नेताहरुलाई आफ्नै चिन्ता छ । जनताका छोराहरु भोक रोग र शोकले ग्रसित भएर धरधरी रोएको बेला नेताहरु देश लुट्ने अनि भागवण्डा लगाउने तयारीमा छन् रे । कसैलाई कसैको कुनै मतलव छैन । पेट्रोल अभावका कारण गाडीहरु चल्दैनन् । कथंकदाचित चलेकाहरुमा पनि टिकट पाउन मुश्किल छ । कैयौं मानिसहरु काठमाण्डौमा अलपत्र परेका छन् रे । घर आउन पनि सकिरहेका छैनन् रे । सुन्छु राजधानी फोहरै फोहर को डुँगुँरमा परिणत भएको छ रे । डुङडुगी गन्हाएको छ रे । कठै !अमरावती कान्तीपुरी नगरी भन्ने शहर आजफोहरै फोहरले भरिएको छ भन्दा मन भत्भती पोल्दछ । पर्यटक लोभ्याउने मनोरम हिमालहरु तालतलैया तराईका हरिया फाँटहरु बुद्ध ,भृकुटी र सीता जन्मिएको शान्तीक्षेत्र नेपाल भनिएको पवित्र भुमिमा आज गृहयुद्ध को ज्वाला दन्किएको छ । रगतको आहाल जमेको छ । पचासौंले ज्यान गुमाईसकेका छन् ।आगोसरी दन्केको तराई आन्दोलन र मधेशीहरुका अधिकारहरु पुरा नगरेको बाहानामा नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरी छिमेकी राष्ट्र भारतले ताण्डवनृत्य देखाएको छ बाबु । भुपरिवेष्ठत राष्ट्रले पाउनपर्ने सुबिधाहरु समेत कटौतीगर्दै अन्तराष्ट्रिय कानुनको उल्लघंन गरीबिश्वकै सामु नाँगिएर गरेको नाकाबन्दीले१६ दिनभित्रै देश सम्पूर्ण रुपमा पक्षघात भएको अवस्था छ ।
संघियताको बाहानामा बहुपहिचान र स्वायत्तप्रदेशको मागगर्दै थारु,मधेशी र जनजातिहरुबाट दन्कीएको आन्दोलन अनि संबिधान निर्माणमा मधेशीहरुलाई भेदभाव गरियो भनि छिमेकी राष्ट्रभारतले हिन्दुहरुको महान चाड वडादशैंको सँघारमा लगाएको नाकाबन्दीको चरम मारमा गरीब नेपालीहरु खेप्न बाध्य भएका छन् । बिहान कमाएर साँझ बिहान हातमख जोर्न सर्बहारा बर्गहरु भोकभोकै जिवन बिताउन बिवश छन् । परदेशबाट युवा जनशत्तीहरुले पसिनाले पैसा साटेर भित्रयाएको रेमिट्यान्स परिवारले खर्चगर्न पनिपाउने अवस्था छैन ।पैसा भएरपनि खान पाउने अवस्था छैनबाबु । भवितब्य पर्दा राष्ट्रले गर्नुपर्ने सुरक्षित अवतरणका खाकाहरु समयमै नकोरिँदा देशको अवस्थाकति जीर्ण बन्दो रहेछ भन्नेकरा भारतले लगाएको नाकाबन्दीको ३ दिनभित्रै देखिएको थियो । ३ दिनभित्रै पेटोल,डिजल,ग्याँसको अभाव खट्किएको थियो बाबु ।पैसा भएकाले पनि किनेर खानपाएका थिएनन् ।देश कति परनिर्भर रहेछ भन्ने कुरा नाकाबन्दी लगाएको दुई हप्ताभित्रै थाहा भयो । अन्योल नै अन्योल को फोहोरी राजनिती जातिय युद्ध ले गर्दा शदियौंदेखि मिलेर बसेका निर्दोष निष्कपट नेपालीहरुको मनमा चिसोपन त ल्याएको छ नै भविष्यमा सिंगो नेपाल रहने कि नरहने भन्ने अन्योलले सबै नेपालीहरु त्रसित छन् । भाई फुटे गँवार लुटे भने झैं देशभित्रको आपसी द्धन्द र झगडाले बैरिहरुले आँखा उठाउने मौका पाएका छन् ।नेपालीहरु एक आपसमा लडिरहेको बेला देशको सिमाना भारत र चिनले मिचीरहेको अवस्था छ । त्यसको बारेमा आवाज उठाउने कोही छैन ।
बाबु अनुराग ! ‘जति जोगी आएपनि कानै चिरेका’ भनेझैं जो पनिखाली सत्ता र कुर्सिको मोहको लागीमात्र राजनिती गरिरहेको देखिन्छ ।देश संकटमा परिसकेको छ यसबारेमा कसैलाई कुनै चिन्ता छैन ।अब पाकेको बाली,डाँडामाथिको जुन भईसकेका यानीकी आफ्नो अभिष्टपुर्तिका लागी मात्र राजनिती गर्ने बृद्ध एवं गद्धार नेताहरुबाट देशको निकास सम्भव छैन ।देशलाई नयाँ युवाजनशक्तीको खाँचो छ ।तसर्थ बाबु ! परदेशमा अर्काको गुलामी गरी रगत र पसिना बगाउनभन्दा संसारभरी छरिएर रहेका युवा जनशक्तीहरु एकढिक्का भई फर्केर नेपालआई पुराना नेताहरुलाई राजिनामा गर्न लगाई देशको बागडोर सम्हाल्ने सल्लाह यो दुःखी दिदीले दिन चाहन्छे । किनकी स्वतन्त्र,अभिभाज्य,शान्तीक्षेत्र नेपाललाई धरधरी रोएको कुनैपनि सच्चा सपुतले देख्न चाहन्न ।तिमी नै भनबाबु ! परदेशको भर परेर आखिर कतिदिन बस्ने ?भारतको दासत्व आखिर कतिदिन सहने ?हैकमबाद कतिदिन स्विकार्ने ?
भाई अनुराग ! यो मेरो सल्लाह तिमीलाई राष्ट्र धर्धरी रोएको बेला रमिता हेरेर कुनैपनि हालतमा बस्नु हुँदैन । यहि माटोले हामिलाई जन्मायो यहि माटोको संरक्षणको लागी लड्नपर्दछ । माटोले माग्दैन बाबु ! हामी सब एकजुट भएर माटोलाई आँफै दिनुपर्छ । तसर्थ नेपालफर्क ! रोएकी आमाको चह¥याएको घाउमा मल्हमलगाउ,उनको आखाको आँसु पुछ । छोराछोरीको अनुहाँरमा हाँसो खशील्याउ,तिम्रो यादमा तड्पिएर दिनरात एक गरी बिताएकी जिवन सँगिनीको दिलशान्तपार । डाँडा माथिका जुनभईसकेका बा आमा अनि आज होकि भोली भनि मृत्युको बाटो हेरीरहेकी हजुरआमाको अन्तिम ईच्छ्या पुरा गर । यो सिंगो गाँउ तिम्रै प्रतिक्षमा बाटो हेरीरहेको छ बाबु । यो गाँउमात्र किन? पुरै राष्ट्रलाई तिम्रो खाँचो छ । तसर्थ फर्कि आउ बाबु ...............एक पेट खान र एक हर लगाउनको लागी तड्पिईरहेका गरिब निमुखाहरुको सेवामा कृतसंकल्पित भएर लाग । तिम्री दिदी आयुष्माको करुण पुकार तिमीलाई ।तिमीमात्र किन? सबै बिश्वभरी छरिएर रहेका युवाजनशक्ती दाजु भाईहरुलाई आजैदेखि देश फर्कन यो दिदीले सल्लाह दिंदैछु ।तिमी लगायत सम्पूर्णलाई यो पत्रको माध्यमद्धारा यो सन्देश छोड्दैछु ।
तराईका हरिया फाँटहरु, पहाडका खेतबारी,हिमालका जडिबुटीहरु,रमणिय हिमाल तालतलैया देशकाप्रचुर सम्भावनाहरु हुन् ।युवा जनशक्तीहरु परदेशिएर बाँझो रहेका जमिनहरु,अलपत्र परेका खेतबारीहरु,उम्रिएर बोटमै सुुकेका जडिबुटीहरु स्याहारेर आफ्नै माटो आफ्नै धर्ति कोरेर चरीको दुध निकाल्न सकिन्छ बाबु ! परदेशमा गएर गुलामी गरि दोस्रो दर्जाको नागरिक बन्नु भन्दा त स्वदेशमै पाखुरा बजारी स्वाभिमानी छाती ठोकेर खानजातीहुन्छ बाबु । देशभित्रै रोजगार कलकारखानाको लागी सम्भावनाहरु खोज्न सकिन्छ ।सबै नेपालीले बिदेशमा गएर फालेको पसिना संकलन गरी नेपालमै बगाएभने अवश्यपनि नेपाल सुन्दर शान्त बिशाल बन्न सक्दछ । राष्ट्रले छुट्टै काँचुली फेर्छ ।जातजाती भाषा र धर्मका तगाराहरु त्यागी हामी सबै नेपाली हौं भनि एकजुट भएर “होस्टेमा हैंसे गरी”अगाडी बढ्यौं भने पक्कैपनि असम्भव भन्ने केही छैन ।सिजन अनुसार फुल्ने फुलबुकि,गुराँस,जाई र जुही सयपत्री सुनाखरी गोदावरी र मख्मलीले तिमीलाई डाकिरहेछन् । यी सबलाई तिम्रो साथ चाहिएको छ । यिनीहरुको संरक्षणको जरुरत छ ।सिंगो नेपाललाई तिम्रो मेहनतको जरुरत छ,पसिनाको जरुरत छ तसर्थ भाई अनुराग ! प्लीज घरफर्कि आउ हामीसबै मिली यो देश बोकौं .............नेपाल आमाकोे मुहार फेरौं !
तिम्री दिदी आयुष्मा !
प्रकाशित मिति: आइतबार, कात्तिक ८, २०७२