नेभिगेशन
अन्य

मन्त्री भागबन्डाले एमालेमा किचलो

काठमाडौं । सत्तारुढ प्रमुख दलमा आन्तरिक खिचलो बढ्दा मन्त्रिपरिषद्ले पूर्ण पाउन समय लाग्ने देखिएको छ । केही शक्तिशाली मन्त्रालय भागबन्डा मिलेपनि दलहरुबीच अन्य मन्त्रालयको जिम्मेवारी बाँटफाँट अझै टुंगो लागेको छैन् । एमालेले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका नेताहरुलाई अन्य राजनीतिक दलसँग छलफल गरेर अन्तिम निर्णय लिने जिम्मेवारी दिएपनि छलफललले अन्तिम रुप पाउन सकेको छैन् । एमालेबाट मन्त्री बन्नेमा सूचीमा पशुपति चौलागाइँ, शेरधन राई, शेरबहादुर तामाङ, प्रकाश ज्वाला, रबिन्द्र अधिकारी, भानुभत्तः ढकाल र बिनोद श्रेष्ठ लगायत छन् । यसैबीच अग्नी खरेललाई मन्त्री बनाइएको भन्दै एमालेमा असन्तुष्टि बढेको छ । नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्