नेभिगेशन
अन्य

एमाओवादी अध्यक्षको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक समिति गठन

काठमाडौं । सरकारलाई समर्थन गर्ने विभिन्न राजनीतिक दलले ११ सदस्यीय उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा सो समिति गठन गरेको हो । समितिमा एमालेका तर्फबाट वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र विद्या भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, नेकपा मालेका महासचिव सिपी मैनाली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र नेकपा संयुक्तका अध्यक्ष गणेश साहलगायत रहेका छन् । अन्य दलबाट नामावली तय हुन बाँकी छ । बैठकपछि एमाले वरिष्ठ नेता खनालले सरकार र दलहरुबीचको समन्वय साझा नीति तथा कार्यक्रम निर्धारण र सरकारको सुसञ्चालनका लागि समितिले काम गर्ने बताए । नेमकिपाका अध्यक्ष बिजुक्छेले यस समितिमा सरकारमा संलग्न नभएका दललाई पनि समेट्ने सोच रहेको जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्