नेभिगेशन
अन्य

एनआरएनको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै, अध्यक्षमा तीन प्रतिष्पर्धी, केहि पदमा निर्विरोध

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को नयाँ नेतृत्व चयनका लागि आज मतदान हुदैछ । होटल सोल्टीमा जारी अधिवेशनमा नेतृत्वका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा वर्तमान अध्यक्ष शेष घले, रतनकुमार झा र टेकबहादुर कार्कीले उम्मदवारी मनोनयन दर्ता गरेका हुन् । काठमाडौंमा जारी सातौ अधिवेशनको निर्वाचन समितिले प्रकाशन गरेको उम्मेदवारको प्रथम नामावली अनुसार उपाध्यक्ष पदमा वर्तमान उपाध्यक्ष भवन भट्ट, कुमार पन्त, लक्ष्यबहादुर गुरुङ, खगेन्द्र जिसी, नरेन्द्रबहादुर भाट, शम्सेरसिंह थापाले मनोनयन दर्ता गराएका छन् । यस्तै, महासचिव पदका लागि डा. बद्री केसी, पुष्पराज तिमल्सिना, पुष्प थापा र रञ्जु थापाले उम्मेदवारी दर्ता गराएका छन् । सचिव पदमा अर्जुनकुमार श्रेष्ठ, धरम केसी, गणेश केसी र सुरेन्द्रबहादुर श्रेष्ठले उम्मेदवारी दिएका छन् । यसैगरी कोषाध्यक्ष पदमा भैरबप्रसाद ढकाल, चिरञ्जीवी थापा, हिक्मतबहादुर थापा, राजेन्द्र शिवाकोटी र यमकुमार गुरुङ्को उम्मेदवारी परेको छ । यूरोप संयोजकमा कुल आचार्यको मात्रै मनोनयन परेकोले आचार्य निर्विरोध निर्वाचित भएका छन् । अधिवेशन समाप्त भएपछि भोली विश्व सम्मेलनको उद्घाटन राष्ट्रपति डा. रामवरण यादवले गर्नेछन् । मतदान अघि नै केही उम्मेद्वार भने विजयी बनिसकेका छन् । प्रतिस्पर्धी नभएपछि निर्विरोध निर्वाचित हुनेहरुमा युरोप संयोजक कुल आचार्य, ओसेनिया क्षेत्रीय उपसंयोजक रमेश जोशी, एनआरएन अफ्रिका सुनिल कार्की र युवा उपसंयोजक लोकराज शर्मा रहेका छन् । यसैगरी महिला संयोजक पदमा समेत सपिला राजभण्डारीे दोश्रो कार्यकालका निम्ति पनि निर्विरोध निर्वा्चित भएकी छिन् । ओसेनिया क्षेत्रीय उपसंयोजक पदमा उम्मेद्वारी दिएका होम पाण्डेको उम्मेद्वारी निर्वाचन आयोगले बदर गरेपछि जोशी निर्विरोध बनेका हुन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्