नेभिगेशन
अन्य

म्याच फिक्सिङको आरोपमा सागर थापा सहित ५ पक्राउ

काठमाडौं । म्याच फिक्सिङको आरोपमा नेपाली राष्ट्रिय फुटवल टोलीका कप्तान सागर थापासहित ४ खेलाडी र १ प्रशिक्षकसहित ५ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ। थापासहित अन्जन केसी, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राईलाई बालुवाटार, थापाथली र जावलाखेलबाट पक्राउ गरिएको एसएसपी सर्वेन्द्र खनालले सेतोपाटीलाई जानकारी दिए। ‘संगठित रुपमा नै उनीहरुले लाखौं रकम लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा फिक्सिङ गरेको पाइयो’ उनले भने, ‘थप अनुसन्धान जारी छ।’ राष्ट्रिय खेलाडी समेत रहेका अन्जन केसी फुटवल प्रशिक्षक पनि हुन् । उनी थ्रि स्टार क्लवसँग आबद्ध छन् । विकाससिंह क्षेत्री, रितेश थापा गोल किपर हुन् । सन्दीप राइ डिफेन्डर हुन । उनीहरुलाई अहिले महाशाखामा राखेर अनुसन्धान भइरहेको छ । राज्यविरुद्धको अपराध उनीहरुले गरेका कारण पक्राउ गरिएको खनालले बताए। वंगलादेश र अफगानिस्तानको खेलमा उनीहरुले मिलेमतो गरेको बताइएको छ। जारी राष्ट्रिय लिगमा पनि उनीहरु सम्लग्न भएको प्रहरीले जनाएको छ। केसीले सिक्किममा क्यासिनोमा क्यासिनोमा लगानी गरेको खनालले बताए । खेलाडी पक्राउबारे अखिल नेपाल फुटबल संघ एन्फाले भने अनविज्ञता प्रकट गरेको छ। उनीहरुलाई संगठित अपराध र राज्य विरूद्ध गरेको अपराध भएकाले अक्षम्य अपराध अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको छ। पत्रपत्रिकामा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्