नेभिगेशन
अन्य

गैरआवासीय नेपालीहरुको अधिवेशन काठमाडौंमा शुरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को सातौं अधिवेशन आबाट काठमाडौंमा शुरु भएको छ । एनआरएनए राष्ट्र पुनःनिर्माणको सच्चा साझेदार भन्ने नारासहित सुरु भएको सम्मेलन विहीबार सम्पन्न हुनेछ । शुक्रबारदेखि एनआरएन विश्व सम्मेलन शुरु हुनेछ । ताहाचलस्थित सोल्टी क्राउन प्लाजामा शुरू अधिवेशन सकिएपछि विश्व सम्मेलन शुरु हुने आयोजकले जनाएको छ । अधिवेशन विशेष गरी भूकम्पपछिको पुनःनिर्माणमा गैरआवासीय नेपालीहरुको सहभागीतामा केन्द्रित हुनेछ । विश्व सम्मेलनको २९ गते राष्ट्रपति डा। रामवरण यादवले उदघाटन गर्ने संघका अध्यक्ष शेष घलेले जानकारी दिए । सम्मेलनमा भाग लिन ७१ देशबाट १५ सय जना भन्दा बढी सहभागी भएका छन् । आजको अधिवेशन उद्घाटन कार्यक्रममा एनआरएन संस्थापक अध्यक्ष तथा पूर्व अध्यक्षहरुको आतिथ्यताका सम्पन्न गरिनेछ । अधिवेशनमा विहीबार मात्रै नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया शुरु हुनेछ । एनआरएनले अधिवेशनको पूर्वसन्यामा झण्डै दुई साताअघिदेखि नै विभिन्न राजनीतिक ब्यक्तित्वहरुसँगको छलफल तथा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । अधिवेशन उदघाटनअघि अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन तथा गैरआवासीय नेपालीहरुको समस्या तथा मुलुकको आर्थिक विकाशका लागि एनएनआरएनले गर्ने योगदानका बारेमा सेमिनारहरु गरिसकेको छ । एनआरएनले भूकम्पबाट घरबारबिहिन भएकालाई एक हजार घर निर्माण गरिदिने यसअघि नै घोषणा गरिसकेको छ । त्यसका लागि केही दिनअघि मात्रै नेपाल सरकारसँग सम्झौता गरेको छ । पूर्व घोषित कार्यक्रमलाई अब बन्ने नयाँ नेतृत्वले पूर्णता दिने एनआरएनए सचिवालयले जनाएको छ । एनआरएनएको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष घलेसहित तीन प्रतिष्पर्धी देखिएका छन् । यद्यपी एनआरएनहरुले घले नेतृत्वको एक कार्यकाल निकै उपलब्धीपूर्ण भएको र एनआरएनको योजना सम्पन्न गर्न अझै एक कार्यकाल घलेलाई नै दिनुपर्नेमा अधिकांशले जोड दिएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्