नेभिगेशन
अन्य

एमालेसँग छलफलपछि मात्रै एमाओवादीले मन्त्री छान्ने

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेपछि मात्रै एकीकृत नेकपा ९माओवादी०ले सरकारमा सहभागी गराउने मन्त्रीको टुङ्गो लगाउने भएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बिहान बसेको पदाधिकारी बैठकले सरकारमा नयाँ तथा पुरानालाई मिलाएर पठाउने विषयमा छलफल भएको थियो । एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले सरकारमा पठाउने मन्त्रीको विषयमा छलफल भएपनि एमालेसँग छलफल गरेर मात्रै अन्तिम निष्कर्ष निकालिने जानकारी दिए। सोमबार प्रधानमन्त्री ओलीले शपथ लिएपछि एमाओवादीले कृषि विकास मन्त्रीको रुपमा हरिबोल गजुरेललाई सरकारमा सहभागी गराएको छ। एमाओवादीले गृहलगायत महत्वपूर्ण मन्त्रालय पाउने भएकाले सोहीअनुसार मन्त्री चयन गर्ने बताएको छ। एमालेसँगको छलफलपछि आजै अपराह्न पुनः बैठक बसेर मन्त्रीको नाम टुङ्गो लगाइने बताइएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्