नेभिगेशन
अन्य

राष्ट्रपति यादवसँग प्रधानमन्त्री ओलीको भेट

काठमाडौं। राष्ट्रपति डा रामवरण यादवसँग नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान शीतलनिवासमा भेटवार्ता गरेका छन् । सोमबार शपथ लिएपछि नियमित भेटअन्तर्गत प्रधानमन्त्री ओलीले आज पहिलो पटक राष्ट्रपतिलाई भेट गरेका हुन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार सोमबारको मन्त्रिपरिषद्को बैठकले संविधानप्रति असन्तुष्ट दलहरुलाई वार्ताका लागि गरेको आह्वानका विषयमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई जानकारी गराएका थिए । सो अवसरमा राष्ट्रपति डा यादवले प्रधानमन्त्री ओलीको सफल कार्यकालको कामना गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्