नेभिगेशन
अन्य

आज सवै पम्पबाट पेट्रोल बाँड्ने

काठमाडौं । नेपाल आयल निगमले आज सबै पम्पबाट पेट्रोल बाँड्ने तयारी गरेको छ । दसैं नजिकिएपछि यात्रुलाई गन्तव्यतर्फ र सवारी चलाउन सजिलो होस् भनेर निजी सवारीलाई इन्धन वितरण गर्न लागेको निगमले जनायो । ‘मंगलबार उपत्यकामा रहेका सबै पम्पबाट पेट्रोल वितरण गर्ने योजना छ,’ निगमका प्रवक्ता दीपक बरालले भने, ‘दसैंका लागि निजी सवारी साधनले तेल पाउने छन् ।’ गृह मन्त्रालय, वाणिज्य, सुरक्षा निकाय र निगमसहित शनिबार भएको बैठकले निजी सवारीलाई पेट्रोल दिने निर्णय भएको थियो । सोहीअनुसार आयल निगमले पेट्रोल वितरण गर्न लागेको हो । निगमका अनुसार उपत्यकामा करिब १ सय २५ पम्प छन् । ती सबै पम्प गरेर करिब ६ सय किलोलिटर पेट्रोल वितरण गरिने प्रवक्ता बरालले बताए । अघोषित नाकाबन्दीले इन्धन आयातमा कमी भएपछि निगमले वितरणमा भारी कटौती गर्दै आएको छ । दैनिक ३ सयदेखि साढे ३ सय किलोलिटर वितरण हुने पेट्रोल अहिले ४० देखि ५० हजार लिटर मात्रै वितरण गर्दै आएको छ । यस्तै डिजेलमा वितरणमा पनि कटौती गरेर औसत १ लाख ५० हजार लिटर वितरण गर्दै आएको छ । यसअघि दैनिक साढे ४ सय किलोलिटर डिजेल वितरण हुन्थ्यो । आज मोटरसाइकल र कार÷जिपमा जोरबिजोर लागू नहुने बताइएको छ । निर्णयअनुसार मोटरसाइकललाई ५ लिटर र कार÷जिपलाई १५ लिटर इन्धन दिइने छ । ‘सबैले पेट्रोल पाऊन् भन्ने उद्देश्यले ६ सय किलोलिटर पेट्रोल वितरण गर्ने योजना बनाएका छौं,’ उनले भने । यातायात व्यवस्था विभागका अनुसार वाग्मती अञ्चलमा ८ लाख २८ अजार १ सय ७९ वटा निजी सवारी मोटरसाइकल,कार,जिप,भ्यान दर्ता भएका छन् । जसमध्ये ६ लाख ५७ हजार मोटरसाइकल स्कुटर दर्ता भएका छन् । यस्तै १ लाख ३ जार ७ सय ९२ काररजिपरभ्यान दर्ता भएको विभागको तथ्यांकमा छ । निगमका अनुसार उपभोक्ताले पेट्रोल लिन ब्लुबुक लिएर पम्पमा जानुपर्ने छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्