नेभिगेशन
अन्य

सिमाङकन हेरफेरसहित संविधान संशोधन हुन्छः उपप्रधानमन्त्री गच्छदार

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री विजयकुमार गच्छदारले तराई–मधेसमा जारी आन्दोलनका माग सम्बोधनका लागि सङ्घीयताको संरचनामा हेरफेरसहित संविधान संशोधन गरिने बताएका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणपछि पत्रकारसँग प्रतिक्रिया दिँदै उनले मधेसी, थारू र जनजातिसँगको छलफलमा आवश्यकताअनुसार सङ्घीयताको सङ्ख्या र सीमामा हेरफेर गरिने र अन्य मागलाई पनि छलफलबाट सम्बोधन गरिने बताए । संविधानमा संशोधनका लागि सरकार गठनपूर्व नेकपा एमाले, एकीकृत नेकपा माओवादी र आफ्नो पार्टी मधेसी जनाधिकार फोरम लोकतान्त्रिक बीच आठबुँदे सहमति भएको स्मरण गराए । उनले संविधान जारी गर्नुपूर्व प्रमुख तीन दलका बीचमा भएको १६ बुँदे सहमतिको मर्मअनुसार संविधान संशोधन हुने जनाए । सहमतिमा आठ प्रदेशमा जाने उल्लेख थियो भने नयाँ संविधानमा सात प्रदेशको व्यवस्था गरिएको छ । गच्छदारले संविधान संशोधनमा नेपाली काँग्रेसको पनि सहमति हुने जिकिर गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्