नेभिगेशन
अन्य

आठ सदस्यीय मन्त्रिपरिषद् गठन, थापा र गच्छदार उपप्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सात सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । मन्त्रिपरिषद्मा दुई उपप्रधानमन्त्री छन् । उपप्रधानमन्त्रीमा कमल थापा रब विजय गच्छदार छन् । एमालेबाट प्रधानमन्त्री सहित ३ जना मन्त्रीले आज शपथ खाएका छन भने माओवादीबाट एक जना हरिबोल गजुरेलले शपथ खाएका छन् । राप्रपा नेपालमा उपप्रधामन्त्री सहित एक जना मन्त्रीले शपथ खाएका छन् । एमालेबाट शपथ खाने मन्त्रीहरुमा अग्नि खरेल,सोमप्रसाद पाण्डे, सत्यनारायण मण्डल छन । राप्रपा नेपालबाट रामकुमार सुब्बाले शपथ खाएका छन् । यस्तो छ मन्त्रीमण्डलको कार्यबिभाजन प्रधानमन्त्रीः केपी शर्मा ओली उपप्रधान तथा भौतिक पूर्वाधारः विजयकुमार गच्छदार उपप्रधान तथा परराष्ट्र: कमल थापा कानुन, न्याय तथा संसदीय व्यवस्थाः अग्नीप्रसाद खरेल उद्योगः सोमप्रसाद पाण्डे कृषि विकासः हरिबोल गजुरेल विना विभागीयः सत्यनारायण मण्डल विना विभागीयः रामकुमार सुब्बा
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्