नेभिगेशन
अन्य

आज रातो मछिन्द्रनाथको भोटो देखाइने

काठमाडौं । लामो समयको प्रतीक्षापछि सर्वसाधारणले आज वर्षा र सहकालको देवता रातो मछिन्द्रनाथको भोटो हेर्न पाउने भएका छन् । आज भोटो देखाउनको लागि २२ गते रथलाई लगनखेलबाट जावलाखेल लगिएको थियो । गत वैशाख ६ गते रथारोहरण गरी ९ गतेदेखि रथ जात्रा सुरु गरेको भए पनि १२ गतेको भूकम्पका कारण रथमा क्षति पुगेकाले रथ जात्रा स्थगित भएको थियो । क्षति भएको रथलाई पुनःनिर्माण गरी गत असोज ४ गते रथारोहण गरी ५ गतेदेखि पुनः दोस्रोपटक रथ जात्रा सुरु भएको हो । यसैबीच यसवर्ष १२ वर्षको विशेष मेला परेकाले रथमा फूलपाती चढाउने र दर्शन गर्ने दर्शनार्थीको हजारौँको सङ्ख्यामा बिहानैदेखि भीड लागेको रथका पुजारी विनोद बज्राचार्यले जानकारी दिए । रथको दर्शन गर्नाले आँटेको कुरा पूरा हुने धार्मिक मान्यता रहिआएको छ । पुजारी बज्राचार्यको अनुसार हरेक वर्ष भोटो देखाउने अघिल्लो दिन भूजा पूजा गर्ने प्रचलनअनुसार आज बेलुको रथ रहेको स्थान जावलाखेलमा भुजा पूजाको तयारी भइरहेको छ । बेलुका भूजा पूजा गरे पनि भोलि राष्ट्रप्रमुखको प्रमुख आतिथ्यसँगै लाखौँ सर्वसाधारणको सहभागितामा जावलाखेलमा मछिन्द्रनाथको भोटो देखाइनेछ । यस वर्ष १२ वर्षको मेला परेकाले सर्वसाधारणले जावलाखेल र बुङ्मतिमा गरी दुईपटक देवताको भोटो हेर्न पाउने भएका छन् । जावलाखेलमा भोटो देखाएपछि रथलाई बुङ्मती लगिन्छ र रथ बुङ्मती प¥याएको चौथो दिन पुनः यस वर्षका लागि दोस्रोपटक भोटो देखाएर विधिवत्रुपमा १२ वर्षे रथ जात्राको अन्य हुने गुठी संस्थानले बताएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्