नेभिगेशन
अन्य

नवनिर्वाचित प्रधानमन्त्री ओलीको शपथ आज

काठमाडौं । सोमबार दिउँसो १ बजे शीतलनिवासमा प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिबाट सपथ ग्रहण गर्दैछन् । राष्ट्रपतिबाट सपथ लिइसकेपछि प्रधानमन्त्रीले केहि उपप्रधानमन्त्री सहित केहि मन्त्रीहरुलाई पनि शपथ गराउने तयारी गरेका छन् । सरकारमा ओलीलाई सहयोग गरेका कमल थापा र विजय गच्छदार र एमाओवादीका कृष्णबहादुर महरा र टोपबहादुर रायमाझी मध्ये एकलाई उपप्रधानमन्त्री बनाउने तयारी गरेका छन् । थापालाई परराष्ट्रमन्त्री र गच्छदारलाई भोतीक पूर्वाधार तथा माओवादीलाई गृहमन्त्रालयको जिम्मेवारी दिइने बताइएको छ । ओलीको शपथसंगै दोस्रो बरियताको उपप्रधानमन्त्री को बन्ने भन्ने विवाद सुरु हुने देखिएको छ । केपी ओलीलाई समर्थन जनाएका एमाओवादी, राप्रपा नेपाल र फोरम लोकतान्त्रिक लगायतका दलहरुले पावर सेयरिङका विषयमा आज आन्तरिक र बाह्य छलफल गर्दैछन् । ओलीलाई प्रधानमन्त्रीमा समर्थन जनाउने साना दलहरुले पनि मन्त्रालयको आश गरेका छन् । तर, माले नेता सीपी मैनाली, राप्रपा नेता दीपक बोहोरालगायत केहीलाई समेटे पनि सबैलाई मन्त्रालय दिँदा ओलीको क्याबिनेट ठूलो हुने सम्भावना छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्