नेभिगेशन
अन्य

शक्तिको लागि उम्मेदवारी दिएको होइन : कोइराला

काठमाडौं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले शक्तिको लागि आफूले पुनः प्रधानमन्त्री पदको लागि उम्मेदवारी नदिएको दाबी गरेका छन् । प्रधानमन्त्री निर्वाचन अघि व्यवस्थापिका संसदमा बोल्दै उनले भने,‘मेरो उम्मेदवारीलाई साथीहरुले अन्यथा लिनु भएन । लोकतान्त्रिक अभ्यासको रुपमा उमेदवारी दिएको हुँ ।’ उनले भूकम्पपछिको पुननिर्माण प्राधिकरणको गठनमा पनि सत्तारुढ दलबाट सहमति पालना नभएको बताए । एमालेतर्फ लक्षित गर्दै उनले संविधान जारी भएपछि आन्दोलित पक्षको माग समेट्न संविधान संशोधन प्रस्ताव दर्ता हुँदाको बखत पनि सहमति पालना नभएको बताए । प्रधानमन्त्रीमा उम्मेदवारी दिएपछि आफूमाथि सत्ताको भोको भन्दै लगाइएको आरोप खण्डन गर्दै कोइरालाले आफूले नेपालको स्वाधिनता र एकताको लागि दुख र यातना भोगेको इतिहास सम्झिन आग्रह गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्