नेभिगेशन
अन्य

राष्ट्रपति दाबी गर्ने एमाओवादी अध्यक्षको दाउ

काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री निर्वाचित हुने अवस्था आएपछि आफ्नो पार्टीका लागि राष्ट्रपति दाबी गर्न ढोका खुलेको बताएका छन् । एमाओवादी संसदीय दलको शनिबार साँझ सिंहदरबारमा बसेको बैठकमा उनले कांग्रेसले सहमतीय राजनीति तोडेका कारण राष्ट्रपतिमा दाबी गर्न आफ्नो पार्टीका लागि ढोका खुलेको बताए । कांग्रेसले पहिले भएको सहमति उल्लंघन गरी कोइरालालाई उमेद्वार बनाएपछि आफूहरुले राजनीतिक इमान्दारी प्रर्दशन गर्न पनि समर्थन गर्नुपरेको उनले बताए । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्