नेभिगेशन
अन्य

दशैंमा थप बिदा दिने प्रस्ताव अस्वीकृत

काठमाडौं । सरकारले देशको असहज परिस्थितिबारे मित्र राष्ट्रलाई जानकारी गराउँदै स्थिति सहज बनाउन सहयोगको लागि आग्रह गर्ने निर्णय गरेको छ । यसको लागि परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको संयोजकत्वमा समिति गठन गर्ने निर्णय बैठकले गरेको छ । यसैगरी, बैठकले भारतबाट इन्धन आपूर्तिलाई सहज बनाउने जिम्मे बाणिज्य मन्त्री सुनिलबहादुर थापालाई दिएको छ । बैठकले थापाको संयोजकत्वमा आपूर्ति व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ । भारतसँग गतिरोध अन्त्यको लागि वार्ता गर्ने र अन्य मुलुकबाट पनि इन्धन ल्याउन सकिने जिम्मेवारी समितिलाई दिइएको छ । बैठकले ऊर्जा संकट समाधानको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले दशैंमा थप बिदा दिने भनी गरेको प्रस्ताव मन्त्रिपरिषद बैठकले अस्वीकृत गरेको छ । इन्धन संकट भएको भन्दै गृहले दशैंको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म बिदा दिने प्रस्ताव गरेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्