नेभिगेशन
अन्य

प्रधानमन्त्रीमा ओलीलाई सघाउने एमाओवादी निर्णय

सबै पार्टी सरकारमा सहभागी हुनुपर्ने सर्त काठमाडौं । एकिकृत नेकपा माओवादीले प्रधानमन्त्री निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सघाउने भएको छ। शुक्रबार बिहान बसेको स्थायी समिति बैठकले सहमतिकै सरकार बन्नु पर्ने निष्कर्ष निकाल्दै ओलीलाई सहयोग गर्ने निर्णय गरेको हो।सहमतिको सरकार गठनबारे प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्ने समेत बैठकले निर्णय गरेको छ। अहिले एमाओवादी नेताहरु छलफलका लागि ओली निवास बालकोटमा पुगेका छन्। एमाओवादी अध्यक्ष प्रचण्डले यसअघि पनि दलहरुबीच भएको भद्र सहमतिका आधारमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बन्नु पर्ने बताउँदै आएका थिए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्