नेभिगेशन
अन्य

सदभावका लागि काठमाडौंमा मानव साङ्लो प्रदर्शन

काठमाडौं । सामाजिक सदभाव कायम गर्न आह्वान गर्दै काठमाडौंमा स्वतस्फूर्त प्रदर्शन भएको छ । बरमहलदेखि माइतीघर मण्डलासम्म मानव साङ्लो बनाएर एकताको सन्देश दिँदै प्रदर्शन गरिएको हो । मधेसी मोर्चाको आन्दोलनपछि सामाजिक सदभाव विथोलिने खतरा बढेको भन्दै सदाका लागि सदभाव लेखिएको ब्यानरमा बबरमहलदेखि माइतीघर मण्डलासम्म र्‍याली निकालिएको थियो । राष्ट्रिय झण्डासहित र्‍यालीमा सहभागी भएकाहरुले हातमा हात जोडेर मानव साङ्लो बनाएका थिए । सो र्‍याली माइतीघर मण्डलामा पुगेर समापन भएको थियो । मण्डलामा भेला भएकाहरुले केहीबेर राष्ट्रिय गीतसमेत गाएका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, क्याप्टेन विजय लामालगायतका व्यक्तिहरु सहभागी थिए । प्रदर्शनमा सहभागी हुन सामाजिक सञ्जालमार्फत् आह्वान गरिएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्