नेभिगेशन
अन्य

भारतले भन्यो–‘तत्काल नाकाबन्दी खुल्दैन’

काठमाडौं । भारतले नेपालमा जारी नाकाबन्दी तत्काल नखुल्ने सन्देश दिएको छ । सीमा क्षेत्रमा जारी आन्दोलनले आवागमनमा अवरोध देखिएको तर कुनै प्रकारको नाकाबन्दी नरहेको जिकिर गर्दै भारतीय विदेश मन्त्रालयले बिहीबार नियमित पत्रकार सम्मेलनमा सीमामा शान्ति नहुन्जेल नाका पूर्ववत रुपमा सञ्चालनमा आउन नसक्ने स्पष्ट पारेको हो । ‘नेपालमा हामी (भारत)ले कुनै प्रकारको अफिसियल वा अनअफिसियल नाकाबन्दी लगाएका छैनौं । विभिन्न नाकाबाट आज पनि ट्रक प्रवेव गरेका छन्,’ प्रवक्ता विकास स्वरुपले सञ्चारकर्मीसँग भने, ‘धेरैवटा नाकामा अहिले पनि गम्भीर अवरोध छ । यो अवरोध नेपालतिरको अशान्ति, आन्दोलन र प्रदर्शनका कारण भएको तपाईंहरुलाई थाहै छ ।’ नेपाल–भारत नौ नाकामा गरी बिहीबार मध्याह्नसम्म ५ हजार ३ सय ट्रक रोकिएको तथ्यांक उनले सार्वजनिक गरे । नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्