नेभिगेशन
अन्य

भारतसँग तेल सम्झौता खारेज

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ आयात गर्न ४० वर्षअघि भारतको इन्डियन आयल कर्पोरेसन (आइओसी)सँग गरेको सम्झौता बिहीबार खारेज भएको छ । करिब २ महिनादेखि जारी मधेस आन्दोलनले नाकामा असुरक्षा निहुँ झिक्दै आइओसीले नियमित आपूर्ति रोकेपछि निगम बैकल्पिक व्यवस्था निम्ति यस्तो रणनीति लिन बाध्य भएको हो। नेपाल र भारत दुई देशका सरकारी कम्पनीबीच भएको सम्झौता भएकाले निगम आफैँले खारेज गर्न सक्छ। उक्त सम्झौताअनुसार आइओसीले निगमलाई आवश्यक परिमाणमा पेट्रोलियम पदार्थ निर्वाधरुपमा उपलब्ध गराउनुपर्छ। तर, नेपालमा नयाँ संविधान जारी भएको विषयलाई लिएर बखेडा झिक्दै भारतले दुई सातादेखि अघोषित नाकाबन्दी लगाएको छ। नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्