नेभिगेशन
अन्य

नयाँ प्रधानमन्त्री चयनका लागि आजबाट बहुमतिय प्रक्रिया

काठमाडौं । सहमतिय सरकार गठनमा दलहरु असफल भएपछि आजदेखि प्रधानमन्त्री चयन गर्न लागि आजबाट दोश्रो चरणको प्रक्रिया सुरु हुनेभएको छ । अब प्रधानमन्त्री चयनका लागि बहुमतिय प्रक्रिया सुरु हुनेछ । दलहरूबीच सहमति हुन नसकेपछि नयाँ प्रधानमन्त्री चयनका लागि संसद सचिवालयले बहुमतीय प्रक्रिया सुरु गर्न लागेको हो । संविधानको धारा १९८ को उपधारा ३ अनुसार राष्ट्रपति डा. रामवरण यादवले आज बहुमतबाट देशको नयाँ प्रधानमन्त्री चयन गर्न दलहरूलाई आह्वान गर्नेछन् । राष्ट्रपति यादवले १५ असोजमा एक सातामा सहमतीय प्रधानमन्त्री चयन गर्न आह्वान गरेको समय हिजो सकिएको छ । राष्ट्रपतिले बहुमतका आधारमा प्रधानमन्त्री चयन गर्न आह्वान गरेपछि जसको बहुमत पुग्छ त्यसका आधारमा सरकार गठन हुनेछ । आजको संसद् बैठकमा प्रधानमन्त्री निर्वाचनको मिति र निर्वाचन अधिकृत घोषणा गर्ने बताइएको छ । आज दिनभर उम्मेदवारी दर्ता गर्ने, फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने, मतदाता नामावली सार्वजनिक गर्ने काम सक्ने सचिवालयको तयारी छ । प्रधानमन्त्रीको निर्वाचन आइतबार हुनेछ । आइतबार नै देशले ३८ औँ प्रधानमन्त्री पाउने सभामुख सुवासचन्द्र नेम्वाङले दावी गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्