नेभिगेशन
अन्य

अधिकांश केन्द्रीय सदस्य कांग्रेसकै नेतृत्वको पक्षमा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको जारी केन्द्रिय समिति बैठकमा बोल्ने अधिकांश केन्द्रिय सदस्यहरुले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउनुपर्ने बताएका छन् । पदाधिकारी बैठकमा तीनै शीर्ष नेताले आफ्नो नेतृत्वमा सरकार बनाउने दावी गरेपछि तोकिएको समयभन्दा ढीलो ४ बजे सुरु भएको बैठकमा अहिले पनि सदस्यहरुको बोल्ने क्रम जारी छ । जारी बैठकमा सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा र उप सभापति रामचन्द्र पौडेल तीनैजनाले प्रधानमन्त्री उम्मेदवारमा आफ्नो दावी पेश गरेका छन् । देउवा र पौडेलले सोझै आफ्नो प्रस्ताव राखेपनि कोइरालाले घुमाउरो भाषामा दावी पेश गरे । बैठकमा सहभागि एक केन्द्रिय सदस्यका अनुसार देउवाले सुशीललाई ‘तपाईका मनको कुरा के हो रु खुलस्त भन्नुस्, केपी ओलीलाई बनाउने मन हो कि होइन रु’ भनि सोधेका थिए । सुशीलले यसको उत्तर नदिइकन ‘यो साथीहरुले टुंगो लगाउने कुरा हो’ भनेका थिए । उनले बैठकमा ओलीलाई वचन दिएको नभनेपछि अधिकांश सदस्यहरुले कांग्रेसकै नेतृत्वमा सरकार बनाउनु पर्ने बताएका छन् । उपसभापति पौडेलले ‘यो बैठकले मेरो नेतृत्वमा सरकार बनाउने निर्णय गर्नुपर्छ’ भन्ने प्रस्ताव राखेका थिए । अघिल्लो संविधानसभाका बेला पौडेल संसदीय दलको नेता भएका बेला केन्द्रिय समितिले देउवालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । बैठकमा देउवाले आफ्नो दावी प्रस्तुत गरेपछि उनी पक्षका सदस्यहरुले संसदीय दलको नयाँ चुनाव गर्नुपर्ने माग गरेका थिए । अर्का सदस्यले भने, ‘देउवा पक्षको कुरा सुन्दा अहिले नै सरकार बन्न नसके पनि कम्तिमा संसदीय दलको नेता बन्ने र पछि मौका आउँदा देउवा प्रधानमन्त्री बन्ने तयारी गरेजस्तो देखिन्छ । करिब २५ सदस्यले बोल्दा ५÷६ जना एमाले नेतृत्वको पक्षमा देखिएका छन् । ओलीको नेतृत्वमा कांग्रेससहितको सरकार बनाउनुपर्ने पक्षमा दुवै महामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, सहमहामन्त्री पूर्णबहादुर खड्का, नेतृ सुजाता कोइराला र केन्द्रिय सदस्य रामकुमार चौधरी देखिएका छन् । उनले सरकारबारे आजै निर्णय गर्ने मुडमा सभापति सुशील रहेको पनि बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्