नेभिगेशन
अन्य

सहयोग माग्दै एमाले अध्यक्ष कांग्रेस र राप्रपा नेपालको दैलोमा

काठमाडौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बालुवाटार पुगेर प्रधानमन्त्री सुशील कोइरालालाई नयाँ सरकारका लागि आफूलाई सहयोग गर्न आग्रह गरेका छन्। बिहीबार साँझ माधव नेपालसहितको टोली बालुवाटार पुगेर प्रधानमन्त्री सुशील कोइरालालाई सहमती सहकार्य एकता नतोड्न आग्रह गर्दै आगामी सरकारको नेतृत्व एमालेलाई दिन आग्रह गरेका छन्। आजदेखि राष्ट्रपतिले दिएको सहमतिको समयसीमा सकिएपनि भोलिदेखि हुने बहुमतीय प्रकियाका लागि आफूलाई सहयोग गर्न उनले आग्रह गरेका हुन्। ‘अहिलेको परिस्थितिमा नयाँ संविधान जारी भएपछि १३८ वटा नयाँ कानुन बनाउनु पर्छ। ३०९ वटा भइरहेका कानुन संशोधन गर्नुपर्छ। र अहिलेका यही संविधानमा पनि कतिपय ठाउँमा संशोधन गर्नु जरूरी छ। त्यसका अलवा मुलुकमा आएको भूकम्पपछि ससम्या समाधान गर्नु जरूरी छ। यस्तै अहिले पछिल्लो समयमा आएका ग्यास पेट्रोलियम पदार्थको समस्या छ। ती समस्यासँग जुध्धै देशलाई नयाँ आर्थिक गतिमा अगि बढाउनु छ। गत वर्ष यहाँको नेतृत्वमा सरकार बनाउँदा एमालेले सहमतिका आधारमा सहयोग गरेको थियो। १६ बुँदेमा चार दल बसेर सहमति भएको थियो। त्यही सहमतिका आधारमा अगाडि जाऊँ। यहाँहरूले गम्भीर भएर निर्णय गर्नुहोस्,’ ओलीले कोइरलालाई भने। ओलीले एमालेले भोलिदेखि सुरू हुने प्रक्रियामा सबैलाई सहमतिमा लैजाने कोशिश गरेको भन्दै सहमति, सहकार्य र एकताबाट अगाडि बढ्नुपर्ने बताए। संविधान अनुसार आजसम्म समय दिएको थियो आज सकियो। अब बहुमतीय आधारमा भएपनि फेरि सहमतिमै अगाडि जानुपर्ने उनले कोइरालालाई सुझाए। कांग्रेसले पनि विगतमा हामीले गरेको जस्तै खुला दिलले सहमति गरी सहयोग गरेर अगाडि जानुपर्ने बताए। जवाफमा प्रधानमन्त्री कोइरालाले आफू एक्लैले निर्णय गरेर नहुने भन्दै पार्टीले संस्थागत निर्णय गर्ने बताएका छन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्