नेभिगेशन
अन्य

चीनले नयाँ राजदूत पठाउने

काठमाडौं । अमेरिकी र बेलायती राजदूत फेरिए लगत्तै चीनले पनि नेपालमा नयाँ राजदूत पठाउने प्रक्रिया अगाडि बढाएको छ। नेपालमा नयाँ सरकार बने लगत्तै ऊ चुन्ताईलाई फिर्ता गरी नयाँ राजदूत पठाउने तयारी विदेश मन्त्रालयमा भइरहेको हो। नयाँ राजदूतको नाम टुङ्गो लागिसकेको छैन तर दक्षिण एसिया मामिलामा अनुभवी कुटनीतिज्ञलाई काठमाडौँ पठाइने सम्भावना बढी रहेको बेइजिङस्थित स्रोतले जनायो। वर्तमान राजदूत चुन्ताई नेपालमा नयाँ सरकार गठन भए लगत्तै वा कम्तिमा दुई महिनाभित्र बेइजिङ फर्कने तयारीमा छन्। चीनको विदेश मन्त्रालय अन्तर्गत बाह्य सुरक्षा मामिला विभागको उपनिर्देशक रहेका चुन्ताई जनवरी २०१३ मा नेपालको राजदूत नियुक्त भएका थिए। नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्