नेभिगेशन
अन्य

आयल निगमद्धारा तेल किन्न ग्लोबल टेन्डर

काठमाडौं । सरकारले भारतीय सरकारी निकाय इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई दिँदै आएको पेट्रोलियम निर्यात एकाधिकार तोड्दै तेल आयातका लागि ग्लोबल टेन्डर खोलेको छ । भारतले असुरक्षाका नाममा नाकाबन्दी लगाउँदा पेट्रोलियम अभाव चर्किएपछि सरकारले वैकल्पिक व्यवस्था गर्न एउटा देशमाथिको निर्भरता तोड्न लागेको हो। त्यसका लागि नेपाल आयल निगमले आज सार्वजनिक सूचना जारी गरी तेल निर्यातकर्तालाई आह्वान गरेको छ । देशी तथा विदेशी सप्लायर्सहरुले टेण्डर लिन सक्नेछन् । सरकारले कम्तिमा १५ दिनका लागि दैनिक २०० के एल डिजेल, पेट्रोल १०० केएल र हवाई इन्धन र मटिलेल २०० केएल र ग्यास १०० मेट्रिकटनका लागि टेण्डर आहृवान गरेको छ । हवाइ मार्ग वा स्थलमार्गबाट काठमाडौंमा इन्धन ल्याउनु पर्ने सरकारी सर्त छ । सरकारले तीन दिनभित्र टेण्डर भर्न आहृवान गरेको छ । भारतले १४ दिनदेखि पेट्रोलियम पदार्थ आपूर्ति ठप्प पारेपछि विकल्प खोज्दै सूचना निकालेको हो । भारतको अघोषित नाकाबन्दीले आजित जनताले दसैंमा राम्रोसँग घर जान पाउने गरी काम हुने स्रोतको भनाइ छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापालाई तत्काल पेट्रोलियम पदार्थको विकल्प सोच्ने जिम्मेवारी दिएको थियो। त्यहीअनुसार मन्त्री थापाले निगमलाई स्पष्ट खाका ल्याउन निर्देशन दिएको हो। मन्त्रालयस्रोतका अनुसार तत्काल भारतबाट तेल आउने छाँट नदेखिएपछि निगमले तेल आयात गर्न कम्पनी छनोटका लागि सूचना निकाल्ने तयारी थालेको हो। निगमका अनुसार दसैंतिहारमा काठमाडौंबाट बाहिरिने लामो दुरीका यातायातलाई तेल अभाव हुन नदिने बताएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्