नेभिगेशन
अन्य

कांग्रेस १३ औं महाधिवेशन फागनु २० देखि २३ मा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिले पार्टीको महाधिवेशन फागुन २० देखि २३ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । महामन्त्री कृष्णप्रसाद सिटौलाले पेश गरेको महाधिवेशन कार्यतालिका आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रिय कार्यसमितिले पास गरेको हो । कार्यतालिका अनुसार माघ १५ गते गाउँनगर तथा वडाको निर्वाचन हुने छ भने माघ २२ मा क्षेत्रीय अधिवेशन हुने छ । माघ २५ मा जिल्ला अधिवेशन हुनेछ । यसअघि तोकिएको मितिमा महाधिवेशन भएको थिएन । नयाँ संविधान जारी भएपछि संविधानको व्यवस्थाअनुसार यही कार्यसमितिको ६ महिना म्याद थप गरिएको थियो । केन्द्रिय कार्यसमितिको बैठकमा नयाँ सरकार गठनका बारेमा भने कुनै छलफल भएन । बैठकको सुरुमै नेता शेरबहादुर देउवाले सरकार गठनको विषयमा भोलि मात्रै छलफल गर्ने प्रस्ताव राखेका थिए । बैठकमा बोल्ने अधिकांश केन्द्रिय सदस्यले भारतले लगाएको अघोषित नाकाबन्दीका बारेमा कांग्रेसको औपचारिक धारणा आउनुपर्ने माग गरेका थिए । अधिकांश सदस्यहरुले यो नाकाबन्दी मानवताविरुद्ध रहेको बताउँदै यसको विरोध गर्नुपर्ने माग गरिएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्