नेभिगेशन
अन्य

यसपालि दसैंको अग्रिम टिकट नखुल्ने

काठमाडौं । इन्धन अभाव कारण दसैंका लागि अग्रिम टिकट बुकिङ खुलाउन नसकिने यातायात व्यवसायीले स्पष्ट रेका छन् । ‘अहिलेकै स्थितिमा हामी दसैंका लागि अग्रिम टिकट खुलाउन सक्दैनौ’ राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले भने, ‘चर्को इन्धन अभाव छ । जाँदाजाँदै बाटोमै इन्धन सकियो भने बीचमा कहीँ पाइँदैन । सुरक्षाको पनि उस्तै चिन्ता छ । त्यसैले दसैंमा अग्रिम टिकट खुलाउन सकिन्नँ ।’ निगमले दसैंमा कुन–कुन रुटमा कति बस सञ्चालन हुन्छन् भन्ने तथ्यांक व्यवसायीसँग मागेको छ । यातायात व्यवसायीका तथ्यांकका आधारमा कहाँ–कहाँबाट इन्धन दिन सकिन्छ भन्नेबारे निगमले निर्णय गर्ने थानकोट डिपो प्रमुख रविन शर्माले बताए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्