नेभिगेशन
अन्य

नाकाबन्दी मुद्दा अन्तर्राष्ट्रियकरण गर्न सुझाव

काठमाडौं । भूपरिवेष्टित मुलुकलाई मानवीय समस्या पर्ने गरी भारतले गरेको नाकाबन्दीको विषय तत्काल अन्तर्राष्ट्रियकरण गर्न कुटनीतिज्ञहरुले सरकारलाई सुझाएका छन् । उनीहरुले पूर्ण तयारीका साथ नाकाबन्दीको विषय अन्तर्राष्ट्रियकरण गरिनुपर्ने बताएका छन् । नेपालको आन्तरिक राजनीतिक मामिलामा हस्तक्षेप गर्दै भारतले नेपालमाथि नाकाबन्दी लगाएको भन्दै उनीहरुले यस्तो सुझाव दिएका हुन् । भारतले दिएको पछिल्लो अभिब्यक्ति नेपाली दूतावास तथा दूतावासका अधिकारीलाई विदेश मन्त्रालयमा बोलाएर गर्ने व्यवबहार र निर्देशन लगायतकाले नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेप प्रष्ट देखिएको विज्ञहरुको भनाइ छ । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्