नेभिगेशन
अन्य

कांग्रेसले प्रधानमन्त्रीको उम्मेद्वारीका विषयमा छलफल गर्ने

काठमाडौं । नयाँ सरकार गठन तथा पार्टीको स्थागित १३ औं महाधिवेशनको नयाँ कार्यतालिका तय गर्नका लागि नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा सरकार गठनका विषयमा छलफल गर्ने नेपाली कांग्रेसले जनाएको छ । प्रधानमन्त्री कोइरालाले नयाँ सरकार गठनका लागि माग प्रशस्त गरेपछि राष्ट्रपतिले सहमतीय सरकार गठन गर्न आग्रह गरेका छन् । सोही आग्रह अनुसार नेकपा एमालेले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । यसअघि कांग्रेसको पदाधिकारी बैठकले आफ्नो पार्टीको महाधिवेशन आगामी फागुनको पहिलो साता गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई पनि आजको केन्द्रीय समितिको बैठकमा छलफलका लागि प्रस्तुत गरिनेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्