नेभिगेशन
अन्य

कांग्रेस महाधिवेसन फागुनमा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको मंगलबार बसेको पदाधिकारी बैठकले पार्टीको १३औं महाधिवेशन आउने फागुन पहिलो सातामा गर्ने प्रस्ताव तयार गरी बुधबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले आगामी माघ महिनाभित्र पार्टीको क्षेत्र, जिल्ला र गाउँ अधिवेशन सम्पन्न गर्ने र फागुनमा महाधिवेशन गर्न प्रस्ताव गरेको उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए। कांग्रेसको विधानअनुसार महाधिवेशन गर्ने मिति असोज ५ गतेसम्म थप भएकामा नयाँ संविधानले गरेको व्यवस्थाअनुसार थप छ महिनाका लागि वर्तमान नेतृत्वको कार्यकाल लम्बिएको हो। नयाँ संविधान निर्माणको काममा सबै राजनीतिक दल व्यस्त भएकाले पूर्व निधारित समयमा महाधिवेशन हुन नसकेको हो। पदाधिकरी बैठकमा नयाँ सरकार गठनलगायतका विषयमा अनौपचारिक विषयमा छलफल भए पनि निर्णय भने केन्द्रीय कार्यसमिति बैठकले गर्नेछ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्