नेभिगेशन
अन्य

मोर्चासँग भोलि फेरि वार्ता, मोर्चाद्धारा ३५ बुँदे संविधान संसोधन प्रस्ताव

काठमाडौं । आन्दोलनरत मधेसी मोर्चा र तीन दलको वार्ता समितिबीचको सिंहदरबारमा भएको वार्ता केही बेर अघि भोलि पुनः बस्ने गरि सकिएको छ । सिंहदरबारस्थित संसद् सचिवालयमा भएको वार्तामा मोर्चाले सीमांकन, समावेसी(समानुपातिक प्रतिनिधित्व, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र लगाएतका संविधानमा ३५ बुँदे संशोधन प्रस्ताव पेश गरेको थियो । आजको वार्ता राजनीतिक मुद्दामा प्रवेश नै नगरेको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बताए । उनको अनुसार सरकारी वार्ता टोलीले सरकार र नेताहरुसँग छलफल गरि भोली हुने वार्तामा ठोस प्रस्ताव ल्याउने बताएका थिए । संयुक्त मधेसी मोर्चाका तर्फबाट वार्ता टोलीमा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्ल , संघीय समाजवादी फोरम नेपालका लालबाबु राउत र तराई मधेस सद्भावना पार्टीका रामनरेश राय सहभागी थिए । यस्तै तीन दलको तर्फबाट नेपाली कांग्रेसका महेश आचार्य, एमालेका अग्नी खरेल र एमाओवादीका नारायणकाजी श्रेष्ठ बैठकमा सहभागी थिए । सरकारी वार्ता टोलीले आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरे पनि मोर्चाले आफ्नो माग पुरे नभएसम्म आन्दोलन जारी रहने पूर्ववत अडान राखेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्