नेभिगेशन
अन्य

भलिबलको उपाधि म्याग्दी समाजलाई

सिड्नी । पोखरा समाज तथा भलिबल टीमको आयोजनामा संचालित भलिबल प्रतियोगिताको उपाधि म्याग्दी समाजले जितेको छ । फाइनलमा थकाली समाजलाई ३र१को सेटमा हराउदै म्याग्दीले उपाधि जितेको हो । महिलातर्फको उपाधि भने जलजलाले जितेको छ । जलजलाले पनि पोखरालाई हराउदै महिलातर्फको उपाधि जितेको हो । पुरुषतर्फको प्रतियोगितामा खेम पुर्जा उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा पुरुषतर्फ छ टिम तथा महिलातर्फ तिन तिमको सहभािगता रहेको थियो । विजेता टोलीलाई प्रमुख अतिथी कानुन ब्यवशायि डा शम्सेरसिंह थापा , दिनेश पोखरेल जनसम्पर्क समितीका दिनेश जोशी,राजमान थकाली ,प्रेम गुरुङ र नन्द गुरुङले ट्रफी, पदक तथा प्रमाणपत्र बितरण गरे । प्रमुख अतिथी थापाले खेलकुद मुलुकको नाम राख्ने महत्वपुर्ण माध्यम रहेको बताउदै प्रवासमा पनि छरिएर रहेका नेपाली प्रतिभालाई सम्मान गर्ने पोखरा समाजलाई धन्यबादको पात्र रहेको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्