नेभिगेशन
अन्य

थरुहटको सभामा बाबुरामलाई रोक

काठमाडौं । संविधान जारी हुनु भन्दा अगावै देखि थारु तथा मधेशी आन्दोलन भड्काउन लागेको पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई थरुहट–थारुवान संयुक्त संघर्ष समितिको असोज २० गते धनगढीमा हुने बिरोधसभामा सहभागी हुन नदिने जिल्ला सुरक्षा समितिले निर्णय गरेको छ। समितिको आइतबार बसेको बैठकले विरोधसभामा भट्टराई सहभागी भए भयाभह अवस्था सृजना हुनसक्ने र अर्को हिसांत्मक घटना घट्न सक्ने सुरक्षा आकलन गर्दै कैलाली जिल्ला सुरक्षा समितिको बैठकले भट्टराईलाई उक्त कार्यक्रममा नआउन दिने निर्णय गरेको हो । भट्टराईलाई असोज २० गतेको थरुहटको विरोधसभामासहभागी नहुन र नआउन गृहमन्त्रालय मार्फत आग्रह गर्ने निर्णय गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले जानकारी दिए। जिल्ला तहबाट प्रमुख जिल्ला अधिकारीले भट्टराईलाई जिल्लाको अवस्था चुनौतिपूर्ण र असहज रहेको जनाउँदै कार्यक्रममा नआउन आग्रह गरिसकेका छन्। गृहमन्त्रालयमार्फत पनि आग्रह गर्न लिखित निर्णय गरिएको प्रजिअ चापागाईले जनाए। नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्