नेभिगेशन
अन्य

दिल्लीको नियत अझै दबाब

काठमाडौं । वीरगन्ज (रक्सौल) नाका नखोल्नुमा भारतले सीमावर्ती असुरक्षा यथावत् रहेको कारण देखाए पनि खास कारण भने राजनीतिक नै रहेको दिल्लीस्थित कूटनीतिक स्रोतले बताएको छ। नेपालसँग जोडिएका प्रमुख ६ नाकामध्ये सबैभन्दा बढी (७० प्रतिशतभन्दा ज्यादा) इन्धन भित्रिने यो नाका सुचारु नगरी दिल्लीले अझै दबाब जारी राख्ने नियत राखेको छ। त्यहाँबाट तत्काल ढुवानी नहुँदा संविधान संशोधन प्रक्रियालाई डेडलाइन तोकेरै फास्ट ट्रयाकमा लैजान नेपाल सरकारमाथि दबाब पर्ने भारतीय सरकारको बुझाइ रहेको स्रोतले बतायो। दुई सातायताको नाकाबन्दीले वीरगन्ज नाकामा २ हजारभन्दा बढी मालवाहक ट्रक (पेट्रोलियम पदार्थसहित) सुरक्षा जाँच नभएकै अवस्थामा रक्सौलतर्फ अड्किएका छन्। भारतीय विदेश मन्त्रालयले शनिबार काँकडभिट्टा, कैलाली–कञ्चनपुर, भैरहवा, विराटनगर र नेपालगन्जका नाकामा ढुवानी सहजीकरण गर्न मातहतलाई निर्देश गरे पनि रक्सौलबारे केही भनेको छैन। ‘वीरगन्ज क्षेत्रमा मधेसीरथारू समुदायको जुलुसरधर्नाले गर्दा तत्काल असुरक्षाका कारण ढुवानीकर्ताले सामान लैजान मानेका छैनन्,’ दिल्लीस्थित नेपाली दूतावासले अर्थमन्त्री रामशरण महतसमक्ष यही सन्देश दिएको थियो। मन्त्री महतले त्यसमा रिजर्भेसन राखेर जवाफ दिए। विराटनगर जोगवनी नाका खोल्न नेपाल–भारत द्विपक्षीय भन्सार अधिकारीबीच वार्ता भएपछि आइतबार साँझदेखि ढुवानी सुचारु भयो। कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्