नेभिगेशन
अन्य

काँग्रेसले सर्वदलिय सरकार गठनको लागि पहल गर्ने

काठमाडौँ। नेपाली काँग्रेसको आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले सकेसम्म सहमतिको सरकार गठनका लागि सर्वदलीय बैठकमा छलफल गर्ने तय गरेको छ । बैठकपछि उपसभापति रामचन्द्र पौडेलले पत्रकारलाई दिएको जानकारीअनुसार सोबारेमा पहिला प्रमुख तीन दलका नेताबीच सकेसम्म आजै छलफल हुने र त्यसपछि व्यवस्थापिका–संसद्मा रहेका ३२ दलको सर्वदलीय बैठक बस्नेछ । उनले सहमतिका कायम गरेर सर्वसम्मत निकास निस्कन नसकेमा दोस्रो चरण ९बहुमतीय० मा प्रवेश भई निकास निकाल्ने बताए । यही असोज १५ गते प्रधानमन्त्री सुशील कोइरालाले नयाँ संविधानबमोजिम नयाँ प्रधानमन्त्री चयनका लागि गरेको आग्रहका आधारमा राष्ट्रपति डा रामवरण यादवले सात दिनको समय दिई सहमतिको प्रधानमन्त्री चयन गर्न संसद्मा रहेका दलहरुलाई आह्वान गरेका थिए। उनले आफूहरु सकेसम्म सहमतिको कोसिसमा रहेको तर प्रमुख तीन दलको साझा उम्मेदवारमा बन्न सक्ला ? भन्ने प्रश्नमा त्यो अहिले भन्न नसकिने उल्लेख गरेय । प्रमुख दलबीच गत जेठ २५ मा भएको १६ बुँदे सहमति हुँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सहमति भएको होइन ? भन्ने जिज्ञासा उहाँले भनले भने,‘त्यो मलाई थाहा छैन, मेरो जानकारीको विषय होइन ।’ पदाधिकारी बैठकमा पार्टीको आगामी महाधिवेशनको तयारी र सङ्घीय ढाँचाअनुसार विधान बनाएर अघि बढ्ने बारेमा पनि छलफल भएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्