नेभिगेशन
अन्य

ओलीलाई प्रधानमन्त्रीको उमेद्वार बनाउने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको उमेदवार बनाउने औपचारिक निर्णय गरेको छ । एमाले स्थायी समितिको बैठकले केपी ओलीलाई प्रधानमन्त्रीको उमेद्वार बनाउने निर्णय गरेको हो । राष्ट्रपति डा रामबरण यादवले सहमतिका आधारमा प्रधानमन्त्री चयनका लागि सात दिनको म्याद दिएको तेस्रो दिनका दिन एमालेले सहमतीय आधारमा ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको हो । एमालेले अन्य दलहरुसँग छलफलका लागि ५ सदस्यीय कार्यदलसमेत गठन गरेको छ । कार्यदलमा अध्यक्ष केपी ओली, बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्षद्वय विद्या भण्डारी र वामदेव गौतम छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्