नेभिगेशन
अन्य

पेट्रोलियम पदार्थ लैजान आईओसीको टेलिफोन

काठमाडौं । भारतले नाकाबन्दी खोल्न आफ्ना निकायहरूलाई निर्देशन दिएसँगै पेट्रोलियम पदार्थको आयात सहज हुने भएको छ । भारत सरकारले वीरगन्जस्थित रक्सौल नाकाबाहेक काँकडभिट्टा, भैरहवा, विराटनगर, नेपालगन्ज, कञ्चनपुर, धनगढीलगायतका नाकाबाट पेट्रोलियम पदार्थ ढुवानी गर्न दिन सकारात्मक रहेको सन्देश पठाएको छ । इन्डियन आयल निगम आईओसी का उच्च अधिकारीले शनिबार साँझ ६ बजे नेपाल आयल निगम एनओसी लाई पेट्रोलियम पदार्थ लोड गर्न ट्यांकर पठाइदिन टेलिफोनमार्फत आग्रह गरेका थिए । एनओसीका कार्यकारी निर्देशक गोपाल खड्काका अनुसार आईओसीका उच्च अधिकारीले फोनमार्फत रक्सौलबाहेक अन्य नाकाबाट पेट्रोलियम पदार्थ लोड गरेर लैजान अनुरोध गरेका हुन् । अन्नपुर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्