नेभिगेशन
अन्य

मोर्चाका कार्यकर्ताबीच सीमा नाकामै आपसमा भिडन्त

काठमाडौं । नेपालमा नाकाबन्दी गर्ने विषयमा मधेसी मोर्चाकै कार्यकर्ताबीच भएको विवादले झडपको रुप लिएपछि नेपालगन्जको रुपेडिया नाका शनिबार तनावग्रस्त भएको छ । मधेसी मोर्चाका कार्यकर्ता नेपालमै या भारतीय भूमिमा बसेर आन्दोलन गर्ने विषयमा भएको विवादपछि एकआपसमा ढुंगा हानाहान भएपछि रुपेडियामा तनाव बढेको हो । नेपालमा नाकाबन्दीको विषयमा भएको विवादका क्रममाभ भारतीय भूमिमा बस्नेहरुले नेपालतर्फ रहेकालाई सरकारी एजेन्टको आरोप लगाएका छन् भने नेपाली भूमिमा रहेकाले भारतीय भूमिमा रहेकालाई भारतीय दलालको संज्ञा दिएका छन् । तराई–मधेस लोकतान्त्रिक पार्टी केन्द्रीय सदस्य विजय गुप्ता, पशुपति दयाल मिश्र र संघीय समाजवादीका जिल्ला अध्यक्ष कमरुदिन राई लगायत नेताहरु भारतीय भुमिमा बसेर सीमामा अवरोध गरिरहेका छन् । सातायता सुचारु रुपेडिया नाकामा शनिबार भारतीय भूमिबाट मोर्चाका कार्यकर्ताले सीमामा अवरोध गरेपछि नेपाल भित्रिने पेट्रोलियम तथा मालवाहक ट्रक रोकिएका छन् । मधेसी जनाधिकार फोरम ९लोकतान्त्रिक० का कार्याकर्ताले नेपाली भूमिमै बसेर आन्दोलन गर्न आग्रह गरेको आग्रहलाई अन्य मधेसी दलका नेता कार्याकताले नमानेपछि चर्काचर्की र ढुंगा हानाहान भएको हो । लोकतान्त्रिकका जिल्ला नेता मिसवाउलहक अन्सारीले नेपाल भूमिमै धर्ना बस्न आग्रह गर्दा अन्य मधेसी दलका कार्याकर्ताले अटेर गरी भारतीय भूमि प्रयोग गरेका हुन् । मधेसी मोर्चाकौ कार्यकर्ता एकआपसमा भिंडेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले लोकतान्त्रिक र अन्य मधेसी दलका कार्यकर्ताबीचको तनावलाई साम्य पारेको थियो । फोरम लोकतान्त्रिक का नेता कार्यकर्तालाई अन्य मधेसी दलका कार्याकर्ताहरुले सरकारी एजेन्टका रुपमा घुसपैट गरेको आरोप लगाएका थिए । फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष हिरालाल लोनियाले आफ्नो दलले नेपालमै बसेर आन्दोलन गर्ने बताए । ‘पुलिसले समात्छ भनेर भारतीय भूमिमा आन्दोलन गर्ने पक्षमा हामी छैनौँ, हामी नेपाली भूमिमै आन्दोलन गर्छौँ’, लोनियाले भने, ‘पुलिसले समातोस, कुटोस हामी भारत गएर आन्दोलन गर्दैनौं ।’ उनले भारतीय भूमिमा गएर आन्दोलन गर्नु भनेको आन्दोलनदलाई बदनाम गर्नु भएको बताए । दुई पक्षबीचको भनाभनका क्रममा मधेसी मोर्चाका एउटा समूहले सीमापारि गएर सामान लिन नाकामा पुगेका नेपाली ट्रकमा ढुंगा प्रहार गरेका थिए । अन्नपूर्णपोष्टमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्