नेभिगेशन
अन्य

असोज २४ गतेबाट रसुवागढी नाका खुल्ने

काठमाडौं । उत्तरको अर्को महत्वपूर्ण केरुङ रसुवागढी नाका असोज २४ गतेदेखि संचालनमा आउने भएको छ । चीनले केरुङ नाका उक्त दिनदेखि खुलाउने औपचारिक जानकारी नेपाल सरकारलाई पठाएको हो । यसअघि नै रसुवागढी नाका आयातका लागि तयारी हालतमा छ । ‘अक्टुर ११ तारिख असोज २४ बाट केरुङ नाका खुल्ने औपचारिक जानकारी प्राप्त गरिसकेका छौं,’ रसुवागढी भन्सार प्रमुख केदार पनेरुले भने ‘ यो जानकारीसँगै हाम्रो नाकामा आवश्यक तयारी थालिसकेका छौं ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्