नेभिगेशन
अन्य

सरकार र मधेशवादी दलको वार्ताको जस लिने प्रयासमा रणजित राय

काठमाडौं । मुख्य तीन दल र आन्दोलनरत मधेशी दलहरुका बीचमा वार्ताको तयारी भएपछि भारतीय राजदूत रणजित रायले हाल देखिएको समस्या छिट्टै समाधान हुने संकेत आफूले पाएको भन्दै भारतको भुमिकामा वार्ता हुने लागेको भन्दै जस लिने प्रयास थालेका छन् । आज भारतीय दूतावासमा आफ्नै कार्याकक्षमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै हाल देखिएको समस्या छिट्टै समाधान हुने संकेत पाएको भन्दै समस्या समाधानमा आफ्नो प्रयासमा भएको भन्दै जस लिने प्रयासमा लागेका छन् । नेपालमा जारी आन्दोलनका कारण मालबाहक गाडीहरु सिमामा रोकिएको बताउँदै उनले भारतले नाकाबन्दी नगरेको दाबि दोहोयाका छन् । उनले भने–‘आन्दोलनले गर्दा भएको असुरक्षाका कारण गाडीहरु रोकिएका हुन् ।’ उनको अनुसार मधेसी दल र सरकारबीच छिट्टै नै औपचारिक वार्ता भइ समस्या समाधान हुने सूचना आफूले पाएकोले अब धेरै दिन यो समस्या नरहने दाबि समेत गरे । नेपालमा भारतप्रति बढ्दै गएको नकारात्मक भावनाले हामी चिन्तित भएको बताउदै भारतको झन्डा जलाउने तथा भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गर्ने जस्ता कार्यले आफुलाई चिन्तित बनाएको बताए । राजदुत रायले त्यस्ता कार्य हुन नदिन सुरक्षा निकायले चासो लिनुपर्ने भनेर उनले ध्यानाकर्षण समेत गराए । ‘एन्टी इन्डियन’ भावना बढ्दै गए दुवै देशलाई राम्रो नगर्ने उनको धारण थियो । ‘यस्तो अवस्था आउनै हुँदैन थियो,’ उनले भने, ‘अब यसलाई कसरी सुल्झाउने भनेर हामीले सोच्नुपर्छ ।’ उनले स्पष्टीकरण दिने ढंगबाट भारतले कुनै पनि आन्दोलनकारीलाई संरक्षण दिएको वा उनीहरुसँग कुराकानी समेत नगरेको दाबि गरे । भारतिय सिमा तर्फबाट नेपाली सुरक्षाकर्मी माथि ढुंगामुढा भएको बिषयलाई खुला सिमाका कारण कोही भारतमा रहेका आफन्त भेट्न जान खोज्छन् भने भारतले रोक्ने नसक्ने जस्ता तर्क राखेर राजदुत रायले स्पष्टीकरण दिएका छन् । ‘हामीले कसरी रोक्न सक्छौं,’ उनले भने, ‘हामीले औपचारिक रुपमै सरकारी पक्षसँग कुराकानी गरिरहेको बेला अरु कसैले केही बोल्छ भने त्यो व्यक्तिगत कुरा हो ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्