नेभिगेशन
अन्य

किन रोकियो अमरेशको कारबाही

काठमाडौं । नेपाली कांग्रेसका विवादस्पद सभासद् अमरेशकुमार सिंहको कारबाही प्रकृया रोकिएको छ । कैलालीको टिकापुरमा सामाजिक सदभाव भड्काउने गरी अभिव्यक्ति दिएकोमा कारबाही गर्ने भन्दै पार्टीको अनुशासन समितिले सिंहलाई एक महिनाअघि २४ घण्टे स्पष्टीकण सोधेको थियो । अनुशासन समितिका सदस्यहरुबीच कारबाही गर्ने कि नगर्ने भन्नेमा विवाद बढेपछि कारवाही त होइन समितिको बैठक समेत बस्न सकेको छैन । समितिका अध्यक्ष आमोद उपाध्याय बिरामी भएकाले समितिका कार्यबाहक सभापति दिलवहादुर घर्ती छन् । सदस्यहरुमा सुरेन्द्र पाण्डे, रमेश रिजाल र मिना पाण्डे छन । समितिका सदस्य पाण्डे बाहेक अन्य सदस्यहरु तत्काल कारवाही गर्न नहुने पक्षमा उभिएका छन् । समितिले सोधेको २४ घण्टे स्पष्टीकरणको जबाफ सिंहले भदौ ११ गते बुझाएका थिए । त्यसको भोलिपल्टै घर्तिले बैठक बोलाएका थिए । तर, अचानक बालाइएको बैठक स्थगित भएपछि अहिले सम्म बस्न सकेको छैन । प्रधामन्त्री सुशील कोइराला र बरिष्ठ नेता शेरवहादुर देउवाले कारबाही गर्ने सार्वजनिक रुपमा बताउँदै आएपनि समितिले बैठक सम्म राखेको छैन । प्रधानमन्त्री कोइरालाले टिकापुरको भ्रमणमा पनि कारवाही हुने सार्वजनिक अभिव्यक्ति दिएका थिए । अनुशासन समितिले स्पष्टीकरण लिनु अघि प्रधानमन्त्रीको निर्देशनमा मुख्य सचेतक चीनकाजी श्रेष्ठले सिंहसंग स्पष्टीकरण लिइएका थिए । कोइरालाकै निर्देशनमा स्पष्टीकरणको जबाफ सहित कारवाही गर्न पार्टीको अनुशासन समितिमा सिफारिस गरिएको थियो । ‘किन कारवाही नभएको भनेर हामीलाई सोध्ने गरिन्छ तर समितिको बैठक बोलाउने काम सम्म हुन सकेको छैन,’ । एकपटक यो प्रश्न समितिका कार्यबहाक सभापतिलाई सोधिदिनुप¥यो’ समितिका सदस्य पाण्डेले भने, ‘स्पष्टीकरण लिने बेलामा ७२ घण्टाको समय दिनुपर्छ भनेर मैले प्रस्ताव राख्दा २४ घण्टा भन्दा बढी दिन मानिएन । तर, अहिले बैठक किन बस्दैन ? प्रकृया अघि बढाइसकेपछि कारवाही गर्ने या नगर्ने एउटा टुंगोमा पुग्नुपर्छ ।’ किन रोकियो अमरेशको कारबाही काठमाडौं । नेपाली कांग्रेसका विवादस्पद सभासद् अमरेशकुमार सिंहको कारबाही प्रकृया रोकिएको छ । कैलालीको टिकापुरमा सामाजिक सदभाव भड्काउने गरी अभिव्यक्ति दिएकोमा कारबाही गर्ने भन्दै पार्टीको अनुशासन समितिले सिंहलाई एक महिनाअघि २४ घण्टे स्पष्टीकण सोधेको थियो । अनुशासन समितिका सदस्यहरुबीच कारबाही गर्ने कि नगर्ने भन्नेमा विवाद बढेपछि कारवाही त होइन समितिको बैठक समेत बस्न सकेको छैन । समितिका अध्यक्ष आमोद उपाध्याय बिरामी भएकाले समितिका कार्यबाहक सभापति दिलवहादुर घर्ती छन् । सदस्यहरुमा सुरेन्द्र पाण्डे, रमेश रिजाल र मिना पाण्डे छन । समितिका सदस्य पाण्डे बाहेक अन्य सदस्यहरु तत्काल कारवाही गर्न नहुने पक्षमा उभिएका छन् । समितिले सोधेको २४ घण्टे स्पष्टीकरणको जबाफ सिंहले भदौ ११ गते बुझाएका थिए । त्यसको भोलिपल्टै घर्तिले बैठक बोलाएका थिए । तर, अचानक बालाइएको बैठक स्थगित भएपछि अहिले सम्म बस्न सकेको छैन । प्रधामन्त्री सुशील कोइराला र बरिष्ठ नेता शेरवहादुर देउवाले कारबाही गर्ने सार्वजनिक रुपमा बताउँदै आएपनि समितिले बैठक सम्म राखेको छैन । प्रधानमन्त्री कोइरालाले टिकापुरको भ्रमणमा पनि कारवाही हुने सार्वजनिक अभिव्यक्ति दिएका थिए । अनुशासन समितिले स्पष्टीकरण लिनु अघि प्रधानमन्त्रीको निर्देशनमा मुख्य सचेतक चीनकाजी श्रेष्ठले सिंहसंग स्पष्टीकरण लिइएका थिए । कोइरालाकै निर्देशनमा स्पष्टीकरणको जबाफ सहित कारवाही गर्न पार्टीको अनुशासन समितिमा सिफारिस गरिएको थियो । ‘किन कारवाही नभएको भनेर हामीलाई सोध्ने गरिन्छ तर समितिको बैठक बोलाउने काम सम्म हुन सकेको छैन,’ । एकपटक यो प्रश्न समितिका कार्यबहाक सभापतिलाई सोधिदिनुप¥यो’ समितिका सदस्य पाण्डेले भने, ‘स्पष्टीकरण लिने बेलामा ७२ घण्टाको समय दिनुपर्छ भनेर मैले प्रस्ताव राख्दा २४ घण्टा भन्दा बढी दिन मानिएन । तर, अहिले बैठक किन बस्दैन ? प्रकृया अघि बढाइसकेपछि कारवाही गर्ने या नगर्ने एउटा टुंगोमा पुग्नुपर्छ ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्