नेभिगेशन
अन्य

मधेसी मोर्चासँग वार्ता गर्न तीन दलद्वारा समिति गठन

काठमाडौं । तराई मधेशमा आन्दोलनरत दलहरुसँग वार्ता गरी सहमतिमा ल्याउन प्रमुख तीन दलले वार्ता टोली गठन गरेका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुको बैठकले वार्ता टोली गठन गरेको हो । वार्ता टोलीमा तीन दलका एक–एक जना प्रतिनिधि छन् । कांग्रेसबाट वनमन्त्री महेश आचार्य र एमालेबाट प्रमुख सचेतक अग्नी खरेल छन् । एमाओवादीले भने आफ्नो प्रतिनिधिको नाम दिन बाँकी रहेको बैठकपछि एमाले वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । काठमाडौंमा नाकाबन्दी हुने गरी सीमा क्षेत्रमा अवरोध किन गरेको हो र माग के–के हुन् स्पष्टरुपमा राख्न तीन दलले मधेस केन्द्रित दलहरुलाई आग्रह समेत गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्