नेभिगेशन
अन्य

मधेसमा स्पेस खोज्दै बाबुराम

काठमाडौं । एमाओवादी परित्याग गरेका बाबुराम भट्टराईले संयुक्त मधेसी मोर्चाका नेतालाई आइतबार टेलिफोन गरी आफूलाइ पनि मधेस आन्दोलनमा सहभागी गराउन आग्रह गरेका छन् । उनले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावनाका अध्यक्ष महेन्द्र यादवलाई टेलिफोन गरेका हुन् । मधेसी नेतालाई भट्टराईले भने, मधेस र मधेसीका माग जायज भएकाले म पनि तपाईँहरुसँगै सहभागी हुन्छु । मधेस आन्दोलन निर्णायक हुनुपर्ने मेरो मान्यता अनुसार नै पार्टी परित्याग गरेको हुँ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्